आत्महत्या गरेका पुरुष र झुण्डिएको अवस्थामा मृत फेला परेकी महिलामा कोरोना पोजेटिभ

आत्महत्या गरेका पुरुष र झुण्डिएको अवस्थामा मृत फेला परेकी महिलामा कोरोना पोजेटिभ

  • बुधबार, असार ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

काठमाण्डौं असार ३ । नेपालमा निरन्तर मृत्यु पछि कोरोना पुष्टी हुने बढीरहेका बेला आज अर्घाखाँची र सुर्खेतमा गरी दुई जना यस अघि मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
सुर्खेतमा झुन्डिएको अवस्थामा भेटिएकी युवतीको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। युवतीको मृत्युपछि गरिएको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

सुर्खेतको सिम्ता गाउँपालिका ८ घर भएकी २५ वर्षीया युवतीको शव असार १ गते झुन्डिएको अवस्थामा भेटिएको थियो। पोस्टमार्टम गर्नु अघि भएको पीसीआर परीक्षणमा बुधबार रिपोर्ट पोजिटिभ आएको डा. तिवारीको भनाइ छ।

मृतक युवती जेठ १२ गते भारतबाट श्रीमान र तीन वर्षकी छोरीसहित नेपाल फर्किएकी हुन्।

यसै गरी अर्घाखाँचीमा आत्महत्या गरेका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । शीतगङ्गा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
उनी शीतगङ्गा –५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए । गत जेठ १० गते भारतबाट घर फर्किएका उनको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परीक्षणका लागि जेठ २४ गते स्वाब सङ्कलन भएको थियो । गए राति उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जिल्लामा एकै दिन ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनुभयो । यससँंगै जिल्लामा कोरोना सङ्क्रमित ११० पुगेका छन् । कोरोनाका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ ।

यस अघि आजै बिहान नेपालगञ्जमा मृत्यु भएकी ४६ बर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टी भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ