असार २ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । यसै क्रममा आज देशभर २२ वटा प्रयोगशालामा भएका परीक्षणबाट देशभर कुल ३ सय ८० थपिएका छन् । यो सगँै देशभर संक्रमितको सख्या ६ हजार ५ सय ९१ जना पुगेको छ ।
यसै गरी आज एकै दिन एक सय १७ डिस्चार्ज भएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले जानकारी दिएका छन् । जस मध्य एक सय ९ जना पुरुष र ८ जना महिला डिस्चार्ज भएका छन् । यो सगैँ डिस्चार्ज हुनेको संख्या १२ सय नाघेको छ ।
नेपालका कारोनाका कारण १९ जनाको मृत्यु भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline