असार २ एजेन्सी ।
लद्धाखमा गएराति भएको चीनीया तथा भारतीय सेनाबीचको भीडन्तबारे चीनले प्रतिकृया जनाएको छ । चीनीया विदेशमन्त्री झाओ लिजियानले बेईजिङमा पत्रकार सम्मेलनमा बोल्दै भारतीय सेनाले सीमा पार गरेर चीनीया सेनामाथि आक्रमण गरे पछि जनमुक्ति सेनाले शक्तिशाली प्रतिरोध गरेको बताए ।
तर उनले दुबै सेनाकाबीचमा भएको मानवीय क्षतिबारे केही उल्लेख गरेनन् ।
जुन ६ मा सैन्य अधिकारी स्तरमा भएको वार्ता र समझदारी बिपरीत भारतीय सेनाले पटक पटक सीमा पार गरे पछि यो घटना भएको लिजियानले बताए ।
गएराति घण्टौ सम्म भएको हानाहानमा एक कर्णेल सहित तीन भारतीय सेनाको मृत्यु भएको थियो भने चीन तर्फ भएको क्षतिबारे केही बताईएको छैन ।
उनले भारतीय पक्षबाट सीमा पार हुने हर्कतले तनाव बढ्ने भन्दै झाओेले सैन्य तथा कुटनीतिक स्तरमा छलफलहरु भईरहेको बताए ।
सन् १९६२ को युद्धपछि पहिलो पटक लद्धाखमा रगत बगेको छ । यो भूमिलाई दुबै देशले आ आफ्नो दाबी गरेका कारण युद्ध हुने गरेको छ । चीन र भारतबीच ३४ सय किलो मिटर लामो सीमा विवाद रहेको छ ।
पछिल्लो समय चीन तथा भारतले सीमामा सेना, हतियार र युद्धसामाग्री केन्द्रीत गर्दै आएको छ ।
भारतले सीमा क्षेत्रमा गैरकानुनी रुपमा बाटो बनाईरहेको चीनले दाबी गरेको छ । सन् २०१७ मा पनि डोकलाममा चीन र भारतका सेनाबीच धक्का मुक्की भएको थियो ।