असार २ दाङ । क्वारेन्टाईनमा अस्पतव्यस्त भएको, धेरै संक्रमित भेटिरहेको त्यही बलात्कार र हिशाका घटना पनि सार्वजनिक भईरहेका छन् ।
तर दाङमा भने भिन्न परिघटना भएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय बेलघारी क्वारेन्टाइनमा रहेका एक जोडीले कोरोना रिपोर्ट नेगेटिभ आएकै दिन राति साढे १० बजे बिबाह गरे । अनि उनीहरुको बिबाहको पण्डित बने वडाअध्यक्ष । वडाध्यक्ष भरत अर्यालले मन्त्रोच्चारण गरे पछि उनीहरुको सामाजिक विवाहको मान्यता पूर्ण भएको थियो ।
घोराही–१८, नवलपुरका २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहानगरपालिका–५ जवरपुरकी २१ वर्षीया सीता चौधरीबीच जेठ ३२ गते राति विवाह गराइदिएको वडाध्यक्ष अर्यालले बताए । क्वारेन्टाइनमा बसेको २२ दिन पुगेपछि स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको र त्यसै दिन उनीहरुको लगठनगाँठो कसिएको थियो ।
‘उनीहरु घर छोडेर भारत गएको असारमा ९ महिना पुग्नै लाग्दा बिबाह भएको हो । उनीहरुका जन्तीका रुपमा भने क्वारेन्टाईनमा बसेकाहरु नै थिए ।

भारतको नयाँदिल्लीस्थित एरोसिटीमा सात वर्षदेखि होटेलमा काम गर्दै आएका वली र चौधरीबीच फेसबुकबाट चिनजान भएर डेढ वर्षअघि मायाप्रेम बसेको थियो ।
झण्डै २४ दिन क्वरेन्टीनमा अलग्गै बसेका उनीहरुको रिपोर्ट विवाह गरेको एक दिन पछि असार १ गते सोमबार आएको छ । त्यसै क्वरेन्टीनमा उनीहरुसँगै बसेका अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आए पनि नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको छ ।
रिपोर्ट नेगटिभ आएकाले उनीहरुलाई घरमा एक हप्तासम्म सेल्फ क्वरेन्टीनमा बस्ने गरी डिस्चार्ज गरिएको पनि वडाध्यक्ष अर्यालले बताए ।