लकडाउन खुलेको छैन खुकुलो मात्र पारिएको हो : प्रधानमन्त्री ओली

लकडाउन खुलेको छैन खुकुलो मात्र पारिएको हो : प्रधानमन्त्री ओली

  • सोमवार, असार १, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

काठमाडौं असार १। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लकडाउन खुलेको नभई खुकुलोमात्र भएको बताएका छन् ।

सोमबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै ओलीले आफ्नो सुरक्षामा आफै बढी ध्यान दिन पनि अपील गरे ।
उनले देशमा बढ्दो आक्रोस र विरोध प्रदर्शनहरुलाई लक्षित गर्दै अब अर्को आन्दोलनको आवस्यकता नपर्ने बताए ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीका कारण शैक्षिक सत्रमा नै असर नपरोस् भनेर आजदेखि वैकल्पिक सिकाइ प्रविधिको घोषणा गरिएको बताएका थिए ।

कोभिड–१९ ले एसइई परीक्षाबारे भने सधैँका लागि विकल्प सोच्नु पर्ने अवस्था ल्याएको पनि बताए ।

उनले भने, ‘मैंले सार्वजनिक भएका, देशभित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरुको प्रश्न सुनेको छु । मुलुक बिग्रदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि ? टेलिभिजन, सामाजिक सञ्जाल लगायत आमसञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहरिने पो हो कि ? तर एकमुष्ट भन्न चाहन्छु– “जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छन्” भन्ने तपाईका अभिभावकहरुको भनाई झुठ्ठा सावित हुँदैन । ’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ