जेष्ठ ३२ । सांसद प्रदीप यादवले देशभर कोरोना परीक्षण किटको अभाव भएको, उपचारमा समस्या पैदा भईरहेको भन्दै सरकार गंभीर नभएर आन्दोलनरत जनता मन्त्रालयमा छिर्न बेर नलाग्ने बताएका छन् ।
आइतबार बसेको संसद्को बैठकमा बोल्दै सांसद यादवले अहिले देशमा कोरोना संक्रमित को संख्या ह्वातै बढेको ,पछिल्लो समय वीरगंजमा कोरोना संक्रमण बढेपनि अहिले भने गाहवामाई र पशुपतिनाथको कृपाले रोकिएको तर सरकारले भिटिएम किट नपठाएकोप्रति आक्रोस व्यक्त गरे ।
सांसद यादवले भने,‘‘ “भोली नै जान्छ ५ हजार भिटिएम किट भन्दा भन्दै महिनौ दिन बितिसक्यो सरकार तर पनि स्वास्थय मन्त्रलायले वीरगंजको लागि भिटिएम किट पठाएको छैन ।” एउटा सांसदसंग मन्त्रीले यत्रो झुठो किन बोले सभामुख महोदय ? हामी जनताको सुरक्षाको लागी भन्दा पनि स्वास्थय मन्त्री सुतेर बस्नु भएको छ । अहिले आँखा खोल्नुस, कति सुत्नुहुन्छ ? जनता आक्रोसित भएर सडकमा आईसकेका छन् । अहिले पनि सचेत हुनु भएन भने जनतालाई तपाईको मन्त्रालयमा छिर्न बेर लाग्दैन ।’’
नेपाल सरकारले लिपुलेक, लिपियाधुरा सम्बन्धी प्रमाण खोज्न एउटा बिज्ञ समिति बनाएकोले यदि हामीसंग प्रमाण छ भने प्रमाण खोजन त्यो बिज्ञ समिति किन बन्यो भन्दै सांसद यादवले प्रश्न गरे ।
आईतबार प्रतिनिधी सभाको संसदमा बोल्दै सांसद यादवले भने,‘‘बिज्ञ समूहको गठन गर्न जरुरी नै थियो भने सिमामा बस्ने मधेशी, जनताजति, शेर्पा र लिम्बुवानलाई किन राखिएन ? एक जना पनि मधेशी, जनजाति, आदीबासीलाई राखिएको छैन, के बिज्ञ मधेशमा छैन, बिज्ञ जनजाति, लिम्बुवान र शेर्पामा छैनन् भन्दै उनले प्रश्न गरे ।’’