जनदवावबाट सरकारले नयाँ नक्सा पारित गर्यो, अब अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्छः विप्लव

जनदवावबाट सरकारले नयाँ नक्सा पारित गर्यो, अब अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्छः विप्लव

  • आइतवार, जेष्ठ ३२, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

जेष्ठ ३२ काठमाण्डौं । संसदबाट लिम्पियाधुरा, कालापानी, लिपुलेक सहितको नक्सा पारित भए पछि नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले वक्तव्य जारी गरी जनदवावमा सरकार र ससदले नक्सा पारीत गर्नु एक कदम अगाडी बढेको प्रतिकृया दिएका छन् ।
आज वक्तव्य जारी गर्दै महासचिव विप्वलवले देशभक्त जनता, विज्ञ, बुद्धीजीवी र क्रान्तिकारी शक्तिहरुले निरन्तर संघर्ष गर्दै आएको र त्यही संघर्ष र जनमतको दबाबमा ओली सरकारले नक्सा जारी गर्न बाध्य भएको पनि बताएका छन् ।
नक्सा पारीत भएर जनजागरणलाई मात्र मत्थर पार्ने कार्यमा नरही यथाशीघ्र राजनीीतक र कुटनीतिक पहल गरी कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र नेपालको प्रत्यक्ष स्वामित्व लिने तर्फ अघि बढ्न आवस्यक छ, विप्लवद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
सरकारको मात्र मुख नताकी निरन्तर जागरुक भईरहन अपील गर्दै महासचिव विप्लवले देश भित्र कुनै पनि साम्राज्यवादी अतिक्रमणलाई सहन नगर्ने बरु डटेर सामना गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
विज्ञप्ति हेर्नुस्ः

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ