नेकपा सचिवालयको बैठक आज बस्दै, एमसीसीबारे छलफल हुने

नेकपा सचिवालयको बैठक आज बस्दै, एमसीसीबारे छलफल हुने

  • आइतवार, जेष्ठ ३२, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

जेष्ठ ३२, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले आज सचिवालय बैठक बोलाएको छ । अपरान्ह ४ बजे बस्ने बैठकमा एमसीसी कार्यदल सदस्यहरुलाई पनि बोलाइएको छ ।
सचिवालय बैठकमा आफूलाई पनि बोलाएको कार्यदल सदस्य भीम रावलले जानकारी दिनुभयो ।
यसअघि जेठ २७ बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताको कारण देखाउँदै स्थगित गरिएको थियो ।
अध्ययन कार्यदलको सिफारिसविपरीत अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँग जोडिएका कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा परेपछि पार्टीभित्र व्यापक विवाद भएपछि सचिवालय बैठक बोलाइएको थियो ।
एमसीसीलाई लिएर विवाद बढेपछि जेठ १७ गते पनि सचिवालय बैठक बसेको थियो । उक्त बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गरेपछि एमसीसीबारे ठोस निर्णय गर्ने सहमति भएको थियो ।
प्रधानमन्त्री ओली भने संसद्को यही अधिवेशनबाट सम्झौता अनुमोदन गर्ने पक्षमा छन् । तर, सचिवालयका अन्य बहुमत सदस्य भने यथास्थितिमा सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ