कांग्रेसले भन्यो– नक्शा संसदबाट पारित हुनु ऐतिहासिक र महत्वपूर्ण, अब भूमि फिर्ता लिनुपर्छ

कांग्रेसले भन्यो– नक्शा संसदबाट पारित हुनु ऐतिहासिक र महत्वपूर्ण, अब भूमि फिर्ता लिनुपर्छ

  • शनिबार, जेष्ठ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, जेठ ३१ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्शा संसदबाट पारित हुनु ऐतिहासिक र महत्वपूर्ण भएको टिप्पणी गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अब भूमि फिर्ता लिनुपर्ने बताएको छ ।
प्रतिनिधि सभाले सरकारले अद्यावधिक गरेको नक्शालाई संविधानको अनुसूचीमा रहेको निशान छापमा सम्मिलित गर्न राखेको प्रस्ताव सर्वसम्मतले पारित गरेलगत्तै कांग्रेसले राष्ट्रियताको पक्षमा राष्ट्रिय एकता ऐतिहासिक देखिएको प्रतिकृया दिएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिवार नै प्रेस विज्ञप्ति निकाली कांग्रेसले भूमि फिर्ताको दोस्रो चरणको अभियानमा अब गम्भीर कूटनीतिक पहलको अपेक्षा राखेको जानकारी दिनुभएको छ ।
‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची—३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव आज संसदबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक रुपले अत्यन्तै महत्वपूर्ण छ ।’ शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
नक्शा पारित भएकोमा स्वदेश र विदेशमा रहेका नेपालीलाई बधाई दिँदै कांग्रेसले भनेको छ, ‘कांग्रेस स्वदेश र बिदेशमा रहेका सबै नेपाली दिदिबहिनी दाजुभाइमा यो घडी हार्दिक बधाई ज्ञापन गर्दछ ।’
नेपाली भूमिमा नेपालकै हक हुनुपर्नेमा पनि शर्माले जोड दिनुभएको छ । ‘राष्ट्रियताको पक्षमा आज प्रस्तुत राष्ट्रिय ऐक्यवद्धतापछि अब लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हक निर्वाध ढंगले स्थापित गर्न सरकारले यो राष्ट्रिय एकतालाई परिपक्व ढंगले उपयोग गर्न जरुरी छ र त्यो क्षमता सरकारले प्रस्तुत गर्नुपर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
उच्चस्तरीय कूटनीतिक पहल प्रभावकारी र परिणाममुखी ढंगले गर्न पनि कांग्रेसले सरकारलाई सुझाव दिएको छ । ‘जब जब राष्ट्रियताको प्रश्न आउँछ या कुनै पनि राष्ट्रिय महत्वको बिषय आउँछ नेपाली कांग्रेस संयमतापूर्वक सदैव संस्थागत निर्णय एवं सुस्पष्ट विचारका साथ दृढ ढंगले उभिंदै आएको छ र आगामी दिनमा पनि त्यसरी नै उभिने छ ।’
यसैगरी कांग्रेसका अर्का नेता गगन थापाले अब नेपाली भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउनुपर्ने ट्वीट गर्दै भनेका छन्, ‘आज ऐतिहासिक दिन ! सिङ्गो संसद् एक ढिक्का भएर परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाएको यो क्षणमा गर्वको अनुभूति भइरहेको छ । राष्ट्रिय स्वाभिमानको यो लडाईमा आजको दिन सदा स्मरणीय रहिरहनेछ । अब यसरी नै सबै नेपाली एकताबद्ध भएर हाम्रो भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने छौँ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ