अब भूमि फिर्ता ल्याउने कुटनीतिक प्रयासमा प्रतिपक्षीले पनि सहयोग गर्छः देउवा

अब भूमि फिर्ता ल्याउने कुटनीतिक प्रयासमा प्रतिपक्षीले पनि सहयोग गर्छः देउवा

  • शनिबार, जेष्ठ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

जेष्ठ ३१ काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेर बहादुर देउवाले संसदमा संविधान शसोधनका पक्षमा देखिएको एकता महत्वपूर्ण भएको बताएका छन् । ससदमा आज बोल्दै देउवाले मुलुकको सार्वभौमिकता, अखण्डताका लागि राष्ट्रिय एकताको आवस्यकता रहेकोमा जोड दिए ।
देउवाले कालापानी पूर्वको भूमि नेपालको भएकोमा कुनै शंका नभएको बताए ।

“सुगौली सन्धि १८१६ अनुसार काली नदी पूर्वको जमिन नेपालको हो भन्ने स्पष्ट छ । अंग्रेजले छापेको नक्सामा पनि स्पष्ट छ र चिनियाँ नक्सामा पनि कुटियाङ्दी भन्ने उल्लेख छ । त्यसको अर्थ काली नदी भन्ने हुन्छ । काली नदी पूर्वको भाग नेपालको हो भन्ने स्पष्ट छ र दुईमत छैन।” देउवाले भने ।

सबै राजनीतिक दलहरूबीच संविधान संशोधनको विषयमा एकता देखिनुले सकारात्मक सन्देश गएको देउवाको भनाइ थियो । भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र कूटनीतिक प्रयासबाट फिर्ता ल्याउनेमा प्रमुख प्रतिपक्षी दलले समर्थन गर्ने र साथ दिने देउवाले प्रतिवद्धता जनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ