संसदमा संविधान शसोधनको पक्षमा मत विभाजन गर्ने बेला नेकपाका चार सहित १२ जना सांसद अनुपस्थित

संसदमा संविधान शसोधनको पक्षमा मत विभाजन गर्ने बेला नेकपाका चार सहित १२ जना सांसद अनुपस्थित

  • शनिबार, जेष्ठ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

जेष्ठ ३१ काठमाण्डौं । नयाँ नक्सालाई नेपालको संविधानमा रहेको निशान छापमा समेट्ने संशोधन प्रस्ताव प्रतिनिधि सभामा निर्णायर्थ पेश गर्दा १२ सांसद अनुपस्थित रहे ।

मतविभाजनमा २५८ सांसद सहभागी भएका थिए। प्रतिनिधि सभामा २७५ सांसद छन्।

मत विभाजनका क्रममा अनुपस्थित हुनेमा नेकपाका ४, राजपा र नेपाली कांग्रेसका समान ३–३ सांसद छन् भने समाजवादी पार्टीका २ सांसद छन्।

अनुपस्थित हुनेमा नेकपाका गोपालबहादुर बम, हरिबोल गजुरेल, धनबहादुर बुढा र शिवकुमार मण्डल, राजपाकी अमृतादेवी अग्रहरी, दुलारी देवी खत्वेनी र प्रमोद साह, नेपाली कांग्रेसका नागेन्द्र कुमार राय, सूर्य बहादुर केसी र ज्ञानकुमारी छन्त्याल, समाजवादी पार्टीकी सरिता गिरी, सूर्य नारायण यादव रहेका छन्। बिजय गच्छेदार, मोहम्मद अफ्ताव आलम, रेमश चौधरी र हरिनारायण चौधरी भने निलम्बित रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ