राजतन्त्रले गुमाएको नेपालको भूमि गणतन्त्रले फिर्ता गर्दै छ : प्रचण्ड

राजतन्त्रले गुमाएको नेपालको भूमि गणतन्त्रले फिर्ता गर्दै छ : प्रचण्ड

  • शनिबार, जेष्ठ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाण्डौ जेष्ठ ३१ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राजतन्त्र कालमा गुमाएको भूमि नेपालले गणतन्त्र शासन व्यवस्थामा फिर्ता लिन लागेको दावी गरेका छन् । प्रतिनिधसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रलाई समेटेर जारी गरेको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयकमा सबै दल र सासदहरु एक ठाँउमा उभिनु अत्यन्त सकारात्मक र ऐतिहासिक भएको दाहालले बताए ।

उनले विधेयकमा सुरुदेखि सर्वसम्मति रहँदै आएको र अब पनि सर्वसम्मतिले पारित हुनेमा आफू विश्वस्त रहेको बताए । देशको गुमेको भूभाग फिर्ता लिने चरणमा आइपुगिएको प्रचण्डको दाबी छ ।

अध्यक्ष दाहालले सीमा विवादलाई लिएर छिमेकी राष्ट्रभारतसँग दुश्मनी नचाहेको र कुटनीतिक प्रयास र बार्ताबाट समस्याको समाधान हुने विस्वास व्यक्त गरे ।
उनले विवादित भूमिमा भारतले लिपुलेकको बाटो बनाएर उद्घाटन गरेपछि र नक्सा जारी गरे पछि नेपाललाई झक्झक्याएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ