जेष्ठ ३१ काठमाण्डौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले महाकाली सन्धि पारित गर्दा लिपुलेक कहाँ थियो भन्दै अब राष्ट्रघातीहरुलाई झुण्ड्याउनु पर्ने बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा नेपालको संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै महतोले महाकाली सन्धि गर्दा नक्सा स्पष्ट गरेको भए अहिलेको अवस्था नआउने बताएका छन्।
‘राष्ट्रघातीको अब पहिचान गर्नुपर्छ। राष्ट्रघातीलाई झुन्डाउनुपर्छ। राष्ट्रवादको परीक्षा अब मधेसमा नगर्नुस् । मधेसीलाई राष्ट्रघाती भन्ने ? महतोले प्रश्न गरे ।
नेता महतोले नक्सा मात्र नभएर भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिए । ‘महतोले भने, ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमी हो, त्यसैले अनुसुची संशोधन गर्न प्रस्ताव पेश भएको हो। राष्ट्रियता एकल हुन्न, सबैको हुन्छ। मधेसी जनताले सीमाको रक्षा गरेका छन्, सेना पुलिस जानु पर्दैन ।’ भने ।