काठमाडौँ जेष्ठ ३१ । समाजवादी पार्टीको संसदीय दलको बैठकले आफ्नो दलकी सांसद सरिता गिरीलाई संविधान संशोधन विधेयकमाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन फेरि निर्देशन दिएको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गर्दै गिरीलाई संशोधन फिर्ता लिन निर्देशन दिए पनि गिरी सोच्छु भन्दै बाहिरीएको एक सासदले जानकारी दिए ।
दलले ह्वीप जारी गरेर संशोधन फिर्ता गर्न निर्देशन दिएलगत्तै गिरी बाहिर निस्केर हिडेको बताईएको छ ।
सकरारले संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको निसान छापमा रहेको नेपालको नक्सालाई कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर जारी गरिएको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा राख्नका लागि संविधान संशोधन विधेयक ल्याएको थियो । सांसद गिरीले सरकारको विधेयक गलत भन्दै संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् ।
गिरीलाई पार्टीले फिर्ता लिन दिएको ७२ घण्टे अल्टिमेटम सकिए पछि फेरी निर्देशन दिएको तर पनि अटेर गरेकी छन् । उनलाई संसदको बैठककै बीचमा पनि प्रस्ताव फिर्ता लिन सक्ने भनिए पनि उनले केही जानकारी नगराएको बताईएको छ ।
यसैबीच गिरीको उक्त प्रस्ताव संसदमा मतदानका लागि पेश नगर्ने बिषयमा संसद सचिवालयले गृहकार्य गरेको बताईएको छ ।
सभामुखले गिरीको प्रस्ताव पेश नगर्न सक्ने कानुनी व्यवस्थामा टेकेर प्रस्ताव सूचीमा नलाने संभावना रहेको बताईउको छ ।
निम्न अवस्थामा सभामुले बिधेयक स्वीकृत नगर्ने व्यवस्था छ ः
प्रतिनिधिसभा नियमावलीको व्यवस्था
नियम ७४ स् संशोधन सम्वन्धी शर्त स् कुनै प्रस्तावको सम्वन्धमा संशोधन प्रस्ताव पेश गर्दा देहायका शर्तको पालना गर्नुपर्ने छ।
९क० मुल प्रस्तावको सिद्धान्त विपरित हुन नहुने,
९ख० मल प्रस्तावको विषयसँग सम्वद्ध हुनुपर्ने
९ग० बैठकले पहिले गरिसकेको निर्णयसँग बाझिएको हुन नहुने
नियम ७६ स् संशोधन स्वीकृत गर्ने वा नगर्ने अधिकार स् ९१० प्रस्तावमाथि पेश गरिने संशोधन स्वीकृत गर्ने वा नगर्ने अधिकार सभामुखलाई हुनेछ।