सरीता गिरीलाई दिईएको ७२ घण्टे अल्टिमेटम सकियो, के गर्ला समाजवादीले ११ बजे पछि ?

सरीता गिरीलाई दिईएको ७२ घण्टे अल्टिमेटम सकियो, के गर्ला समाजवादीले ११ बजे पछि ?

  • शनिबार, जेष्ठ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

जेष्ठ ३१ काठमाण्डौं । देशको ऐतिहासिक नक्सा परिवर्तन गर्न हुन लागेको संविधान शसोधनका बिरुद्ध ससोधन प्रस्ताव दर्ता गरेकी विवादीत बनेकी सांसद सरीता गिरीलाई उनको पार्टी जनता समाजवादी पार्टीले दिएको ७२ घण्टे अल्टिमेटम दिएको समय सकिएको छ ।
उनलाई तीन दिन अघि संविधान शसोधनको बिपक्षमा प्रस्ताव दर्ता गरेकै दिन संसदीय दलका प्रमुख सचेतक उमाशंकर अगरियाले विज्ञप्ति जारी गरी उक्त प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो ।
तर पार्टी र ससदीय दलले दिएको निर्देशन गिरीले टेरेकी छैनन । समाजवादीले संविधान शसोधनको पक्षमा मतदान गर्ने निर्णय गरीसकेको छ ।
नेपालले नक्सा जारी गर्दा भारतलाई सोध्नु पर्छ भनेर बिबादित अभिव्यक्ति दिदै आएकी गिरीलाई आज बिहान ११ बजे बस्ने समाजवादकिो संसदीय दलको बैठकले के गर्ला त्यो प्रतिक्षाको बिषय बनेको छ । यो बैठकमा गिरीलाई समेत बोलाईएको छ ।
यस अघि उक्त प्रस्ताव फिर्ता नलिए गिरीलाई कार्बाही गर्ने चेतावनी दलले दिएको थियो ।
गिरी समाजवादीका तर्फबाट समानुपातिक संसद छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ