दुबईमै आत्महत्या गरिन् सिर्जनाले, पति तीन महिनादेखि सम्पर्क बिहीनः खाेजी गरिदिन परिवारकाे आग्रह

दुबईमै आत्महत्या गरिन् सिर्जनाले, पति तीन महिनादेखि सम्पर्क बिहीनः खाेजी गरिदिन परिवारकाे आग्रह

  • शुक्रबार, जेष्ठ ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 59.2K
    SHARES

काठमाण्डौं, जेष्ठ ३० । घरमा रोजगारी र आमदानीको खासै स्रोत नभए पछि रोजगारीका लागि करीब ८ महिना अघि दुबई गएकी ईलाम चमैता ७(हालकाे देउमाइ नगरपालीका २) की सिर्जना चाैहान (बस्नेत)ले आत्महत्या गरेकी छन् ।
पथरिया र पेट दुख्ने समस्या देखा परे पछि २६ बर्षीया सिर्जनाले काम गर्ने कम्पनीले समेत घर जान भनेको तर लकडाउनले आउन नपाएकी उनले केही दिन अघि देखि साथीहरुलाई यतै मर्छु कि के हो भन्दै सुनाएको उनका जेठाजु सुर्य बस्नेतले मिर्मिरेलाई जानकारी दिए । सुर्य हाल साउदीमा रोजगारीका लागि रहेका छन् । उनले बुहारीले आत्महत्या गरेको खबर दुबईबाट सिर्जनाका साथीहरुले दिएको बताए ।
घर आउन पनि नपाउने, पैसा पनि नभएको र खान समेत समस्या परेको सिर्जनाले म्यासेन्जरमा कुराकानी हुदाँ बताउने गरेको सूर्यले जानकरी दिए । पैसाको अभावले उपचार पनि हुन पाएन, खान बस्न पनि समस्या भयो रे, सरकारले उद्धार पनि गरेन त्यही भएर निराश भएर आत्महत्या गरेको हुन सक्ने सुर्यले अनुमान गरे ।
दुबईमा सुल्तान कम्पनीमार्फत स्कुलमा काम गर्दै आएकी सिर्जनाको शबलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको जानकारी आएको उनले बताए ।
सिर्जनाले काम पनि खासै भएन, पैसा पनि कमाई भएन घर जानु पर्ला दाई म त भनेर एक महिना अघि देखि नै आफूलाई भन्दै आएको र आफूले पनि जानु भनेर भनेको सूर्यले बताए ।
सिर्जनाले आत्महत्या गरेको खबरले परिवार चिन्तित त बनेको छ नै अर्कोतिर सिर्जनाका पति अमृत बस्नेत समेत गत फागुणमा काठमाण्डौं जान्छु भनेर आएको करीब एक महिना देखि सम्पर्क बिहिन रहेको परिवारले जनाएको छ । उनीहरुको परिवार अस्थायी रुपमा झापाको बीरतामोडमा बस्दै आएका थिए ।
अमृत समेत बिदेश जाने भनेर लागेको भए पनि उनको मेडिकल फेल भए पछि जान पाएका थिएनन् । अमृतको सम्पर्क नं ९८१५०२४४१० मा हामीले समेत सम्पर्क गर्दा स्वीच अफ् रहेको छ । उनी ३७ बर्षका रहेको परिवारले जनाएको छ ।
अमृतकी भाउजु रुक्मीणाका अनुसार दुबईको कम्पनीबाट सिर्जनाले आत्महत्या गरेको बिषयमा उनको माईती ईलाम माईखोलामा खबर गरेको थियो । सिर्जनाको सात बर्षे बालक माईतमै छाडेर उनी बिदेश गएकी थिईन् ।
अमृत समेत विदेश जाने एकै पटक तयारी भए पनि उनको मेडिकल फेल भए पछि सिर्जना मात्रै बिदेश गएको उनीहरुको परिवारले बताए । श्रीमान् समेत सम्पर्कमा नरहेको र कोरोना परीक्षण पछि मात्रै शब नेपाल ल्याउने नल्याउने बिषयमा प्रोसेस गर्ने मृतक सिर्जनाका जेठाजु सूर्यले बताए ।
सिर्जनाका बुला भुपाल चौहानले भने एक साता अघि छोरीसगँ सम्पर्क हुदाँ राम्रै छ , लकडाउनले बाहिर निस्कन पाईदैन रुममै छु भनेर भनेको एक्कासी आत्महत्या गरेको खबर सुन्दा आफूहरु पिडामा परेको बताए ।

गत अघिल्लो बर्ष बैशाखमा बीर्तामोडमा रहेको कपडा पसल बेचेर भएको रिण तिरेर अनि पासपोर्ट बनाएर असोजमा विदेश गएको बुवा भुपालले बताए ।
“ नजा नानी, यसै बस छोरो पाल, पसल गर फेरी बरु हामी खोलिदिन्छौँ भनेर भने मैले तर उसले एक पल्ट चाँही जान्छु आए पछि केही गरौँल भनेकि छोरी अहिले यस्तो भई ” बुवा भुपालले भने ।

उनले सिर्जनासँग अन्तिम पटक भएकाे कुराकानीमा आफु ठिक रहेकाे, काेराेनाका कारण काेठामा नै बस्नुपर्ने बाहिर निस्कन नपाउने र कुनै समस्या नरहेकेा बताएकाे जानकारी दिए । यता ज्वाइ अमृतले अन्तिम पटक मेडिकल फेल भएकाे र केहि समयमा ठिक भयाे भने फेरी बिदेश नै जान्छु बुबा भनेर सुनाएकाे श्रृजनाकाे बुबाकाे भनाइ छ । तर त्यसपछि फाेन गर्दा नउठाउने र पछिल्लाे समय त फाेन नै अफ गरेर राखेकाे उनले बताए ।

सिर्जनाकाे माइती र परिवार दुबैले उनका श्रीमानलाइ खाेजी गरिदिन आग्रह  गरेका छन् । उनीहरूले अमृतलाइ कहि कतै देखेमा खबर गरिदिन पनि आग्रह गरेका छन् ।

यी हुन् अमृत 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी