जनता समाजवादी पार्टीद्धारा संविधान शसोधनको पक्षमा मतदान गर्ने निर्णय

जनता समाजवादी पार्टीद्धारा संविधान शसोधनको पक्षमा मतदान गर्ने निर्णय

  • शुक्रबार, जेष्ठ ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

जेष्ठ ३० काठमाण्डौं । सरकार बिरुद्ध सदमा संघर्षरत रहदा रहदै पनि जनता समाजवादी पार्टीले सरकारद्धारा प्रस्ताव गरिएको निशान छाप परिवर्तन गर्ने संविधान शसोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
पार्टीका दुई अध्यक्ष सहित आज बसेको पदाधीकारी बैठकले संविधान शसोधनको पक्षमा मत दिने निर्णय गरेको नेताहरुले बताएका छन् ।
समाजवादी पार्टीले संविधान संशोधनको विषयमा सदस्यहरूलाई ह्विप समेत जारी गर्ने जनाईएको छ । यो बिषयमा संसदीय दलको बैठक भोली ११ बजेका लागि बोलाईएको छ ।

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले संसोधनको बिपक्षमा उभिएकी समानुपातिक विवादीत बनेकी सांसद सरीता गिरीलाई पनि भोलीको बैठकमा बोलाईएको र दलको ह्वीन मान्न आग्रह गर्ने बताए ।
यस अघि गिरीले देशको हित बिपरीत नक्सा जारी गर्दा भारतसगँ सोध्नु पर्ने जस्ता प्रश्न उठाएर संविधान शसोधनको बिपक्षमा ससोधन दर्ता गराए पछि उनलाई कार्बाही गर्ने चेतावनी पार्टीले दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ