काठमाण्डौं जेष्ठ ३० । १० अर्बको हिशाब खै ? कोरोना नियन्त्रणमा भएको ढिलासुस्ती, कर संकलन, आरडीटी परीक्षण रोकेर पिसिआरको दायरा बढाउनु पर्ने जस्ता माग राखेर शुरु भएको सरकार बिरोधी आन्दोलन आज पनि जारी रह्यो । आजको प्रदर्शनमा भने प्रहरी हस्तक्षेप भएको खबर छैन ।
आज पनि बालुवाटार, बसन्तपुर, वुटवल, हेटौडा, पाल्पा, भक्तपुर, काभ्रे सहितका जिल्लाहरुमा स्वतस्फुर्त रुपमा प्रदर्शनहरु भएको खबर छ ।
हिजो बालुवाटार सहित विभिन्न शहरमा हजारौको संख्यामा मानिसहरुले सरकारको बिरोध जनाएका थिए । हिजोको प्रदर्शनमा बालुवाटारमा पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline