अपडेटः सीमामा प्रहरीको हतियार खोसेर भाग्दै गर्दा गोली लागेका एक भारतीयको मृत्यु

अपडेटः सीमामा प्रहरीको हतियार खोसेर भाग्दै गर्दा गोली लागेका एक भारतीयको मृत्यु

  • शुक्रबार, जेष्ठ ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

जेष्ठ ३० सर्लाही । सर्लाहीको सीमावर्ती क्षेत्रमा नेपालतर्फ आएर प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि शसस्त्र प्रहरीले प्रतिकारमा नियन्त्रणका लागि चलाएको गोली लागेर घाइते भएका एक भारतीय नागरिकको मृत्यु भएको छ । प्रहरी र अन्य केही भारतीय नागरिक घाईते छन् ।
सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ३ स्थित नारायणपुरस्थित सीमा जबरजस्ती नेपाल छिर्न खोजे पछि रोक्न खोज्दा उनीहरु फर्किएर अन्य भारतीय समेत मिलेर आएर प्रहरीमाथि आक्रमण गर्नुका साथै ड्युटीमा बसेका प्रहरीको हतियार खोसेर भागे पछि प्रहरीले बाध्य भएर गोली चलाएको थियो ।
मृत्यु हुनेको व्यक्तिको परिचय खुल्न नसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।
पर्सा गाउँपालिका वडा नम्बर ३ स्थित नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ