सर्लाही जेष्ठ ३० । भारतसँग सीमा जोडिएको सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा भारतीय समूहले आज बिहान ड्युटीमा खटिएको शसस्त्र प्रहरीमाथि आक्रमण गरेर हतियार खोसेको छ । ड्य्टीमा रहेको प्रहरीको हतियारै खोसे पछि बाकी टोलीले घुडा मुनी गोली हानेर हतियार लुट्ने समुह मध्य २ जनालाई पक्राउ समेत गरेको छ । गोली लागेका मध्य एक भारतीयको अवस्था गंभीर रहेको बताईएको छ ।
शसस्त्रको हतियार खोसेर भाग्ने भारतीय नागरिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
दुबै देशले नाका सिल गरेको अवस्थामा समेत जबरजस्ती नेपाल छिर्न खोजेपछि रोक्ने क्रममा शसस्त्रमाथि उल्टै भारतीयहरुले आक्रमण गरेर हतियार खोसेका थिए । संयौक्ँे संख्यामा आएर भारतीयहरुले नेपाली सुरक्षाकर्मीमाथि आक््रमण गरेका थिए ।
उनीहरुको आक्रमणमा केही प्रहरी घाईते समेत भएका छन् ।
स्थिति नियन्त्रणमा लिन बाध्य भएर प्रहरीले गोली चलाउनु परेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताए ।
घटनालगत्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्च अधिकारी र भारतका सीमा सुरक्षा बल घटनास्थल पुगेको खबर छ । केही दिनअघि मात्र सर्लाहीको फेनहारामा तस्करहरुले नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेका थिए ।
मेचीदेखि तराईका विभिन्न जिल्लामा सीमामा खटिएका सुरक्षाकर्मीमाथि भारतीय तस्कर समुहले आक्रमण गर्दै आएको छ ।