एमसीसी खारेजीको माग गर्दै अजयमेरूका युवा राष्ट्रियताको खवरदारीमा

एमसीसी खारेजीको माग गर्दै अजयमेरूका युवा राष्ट्रियताको खवरदारीमा

  • शुक्रबार, जेष्ठ ३०, २०७७
  • डम्मर राज भट्ट

  • 14.4K
    SHARES

कञ्चनपुर,३०  । जेठ देशव्यापी रुपमा एमसिसी खारेजिको माग गर्दै बिरोध चलिरहेको बेलामा समाजको सकारात्मक रुपान्तरणमा लागिपरेका डडेल्धुराको अजयमेरु गाउँपालिकाका युवा राष्ट्रियतामाथि आइपर्ने खतराको खवरदारीमा पनि सकृय देखिन्छन ।

कोरोना महामारीले विश्वलाई नै सन्त्रासमा परेका बेला आफ्नो गाउँ समाजमा स्वास्थ्य जनचेतना छर्दै क्वारेन्टाइनमा रहेकालाई पोसिलो खानेकुरा खुवाई रहेका उनीहरुले विहीवार साँझ एमसीसी खारेज गर १ स्वाधिन्ताको रक्षा गर १ अमेरीकी साम्राज्यवाद मुर्दावाद १ देशभक्त नेपाली एक हौ १ भन्दै अजयमेरूमा राके जुलुस सहित प्रदर्शन गरेका छन् ।

सार्वभौमिकताको पक्षमा सरकारलाई दवाव दिन र जनसमुदायलाई राष्ट्र र राष्ट्रियताको पक्षमा एकाकार गर्न जुलुस प्रदर्शन गरिएको अभियानका संयोजक एवम् अनेरास्ववियु डडेल्धुरा कार्यालय सदस्य चन्द्र सिंह ऐरले बताए । उनले भने यसअघि मनिसा कोईरालाको भनाइलाई स्वागत गरेको उक्त्र युवा समुहले पछिल्लो समय संसद सरिता गिरीको बोलीको बिरोध गरेका छ ।

हिजोको प्रदर्शनमा उनीहरुले भारतीय दलाल सरिता गिरिलाई देशनिकाला गर १ भारतीय विस्तार मुर्दावाद१ भन्दै नेपाली संसद भएर नेपालको विपक्षमा बोल्दै आएकी सरिता गरीको पुत्ला दहनसमेत गरेको थियो ।

अनेरास्ववियु डडेलधुरा कार्यालय सदस्य ऎर्ले कुनैपनि हालतमा राष्ट्रघाती सम्झौता पारित हुन नदिनका लागि दवावका लागि प्रर्दशन गरिएको र राष्ट्रका लागि एकजुट हुनुपर्नेमा जोडदिए । युवाहरुले एमसीसी पारित भए कडा अन्दोलनको चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ