जेष्ठ ३० काठमाण्र्डौ । नेपालसगँको सीमा विवाद वार्ताबाटै समाधान हुने बताएको छ । यस अघि नेपालले नक्सा जारी गरे पछि सकारात्मक बाताबरण तयार नहुदा सम्म वार्ता नगर्ने धारणा सार्वजनिक गरेको भारतले पछिल्लो पटक बार्ता गर्ने भनेको हो ।
यद्यपि, गत मंसीर देखि नै बार्ताको लागि नेपालले निरन्तर दबाब दिए पनि भारतले मिति तोक्नुको साटो कोरोना अन्त्य पछि भन्ने जवाफ दिदै आएको छ ।
पछिल्लो पटक पनि नेपालसगँ कोभिड १९ पछि बार्ता गर्ने र निकास निकाल्ने पुरानो अडान भारतले दोहोर्याएको छ ।
भारतीय विदेश मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतले आफ्नो धारणा पहिले नै सार्वजनिक गरिसकेको बताउँदै वार्ताबाटै निकास निस्कने दाबी गरे ।
‘सीमा विवाद र नेपालसँगको सम्बन्धलाई लिएर भारतले यसअघि नै आफ्नो धारणा प्रस्ट पारिसकेको छ,’ श्रीवास्तवले ब्रिफिङमा भने, ‘भारतले नेपालसँग सभ्यता, संस्कृति र आत्मीय सम्बन्धलाई अत्यन्त महŒव दिन्छ। केही समययता हाम्रो बहुआयामिक द्विपक्षीय साझेदारी थप सघन भइरहेको र त्यसको क्रम बढ्दो मात्र होइन, विविधीकरण उन्मुख छ।’
नेपाललाई भारतले विकास र अन्य सहायता वृद्धि गर्दै लगेको पनि उल्लेख गर्दै छिमेकमा आएको समस्या समाधान गरेरै अघि बढ्ने उनले दाबी गरे ।
उनको यस्तो दाबीका बीच नेपालका तर्फबाट टेलिफोन या भिडियोका मार्फत भए पनि वार्ता गर्ने प्रयास भारतकै कारण सफल हुन सकेको छैन ।
चीनसगँ लद्धाख लगायतका क्षेत्रको सीमाका बारेमा निरन्तर सैन्य र कुटनीतिक स्तरमा सम्पर्क र केही बार्ता गरीरहेको भारतले नेपालको मुद्धालाई कम प्राथमिकतामा राखेको देखिन्छ ।
गत कात्तिकमा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्मको भूभागलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा पारेपछि नेपाल–भारतबीच दुईपक्षीय वार्ता गर्ने विषय उठे पनि अझै त्यसले सार्थकता पाएको छैन। गत कात्तिकमा राजनीतिक नक्सा र गत वैशाख अन्तिम साता नेपाली भूभागमै सडक निर्माण गर्दै त्यसको उद्घाटन गरेपछि नेपालले पनि त्यस क्षेत्रलाई समेटेर राजनीतिक र प्रशासनिक नक्सा जेठ पहिलो साता जारी गरेको थियो।
उक्त नक्सा जारीसँगै ती भूभाग दुवै मुलुकको राजनीतिक नक्सामा परेका छन्। तर १८१६ को सुगौली सन्धिअनुरूप त्यो क्षेत्र नेपालको पुष्टि भएको भनिए पनि भारतले आफ्नै भूभाग भन्दै दाबी गरिरहेको छ।
भारतभित्र पनि एकाथरी बुद्धिजीवीले नेपालसँग सम्बन्ध बिगार्न नहुने र नेपालको प्रमाण रहेको खण्डमा त्यस भूभाग छाडिदिनुपर्ने सुझाउँदै आएका छन्।
वैशाख अन्तिम साता नेपाली भूमि हुँदै चीनको मानसरोवरसम्म जोड्ने ट्र्याकको उद्घाटन रक्षामन्त्री राजनाथ सिंहले नै गरेपछि यसलाई भूराजनीति र रक्षा नीतिसँग जोडेरसमेत हेरिएको छ। दुवै छिमेकीबीच आपसी मतभेद कायम छ। नेपालले बुच्चे नक्सालाई चुच्चे बनाउँदै नयाँ नक्सा जारी मात्र गरेको छैन, संसद्बाट निसान छापमा परिमार्जन गर्नका लागि संविधान संशोधन प्रक्रिया पनि सर्वसम्मत ढंगले अघि बढाएको छ।
भारतले बंगलादेशसँगको सीमा विवाद वार्ताबाट समाधान गरेको हुनाले नेपालसँगको सीमा विवादमा पनि उसले त्यस्तै कुनै आधारमा अडेर समाधान गर्नेतर्फ जानुपर्ने सुझाव नेपालका कू्टनीतिज्ञ तथा राजनीतिक कर्मीले दिदै आए पनि भारतले कम चासो दिएको बरु विभिन्न मिडिया र च्यानलमार्फत नेपाललाई धम्की दिने खालका काम जारी राखेको छ ।
मिडियामा नेपाल र नेपालको सरकार बिरुद्ध आक्रामक प्रचार जारी राखिएको छ भने नेपालले पेश गरेका प्रमाणहरुबारे मुख खोलेको छैन ।