प्रहरी हाम्रो साथी हो दमन गर्न पाईदैन, बीरगञ्जमा सरकार विरोधी आन्दोलनकारीले लगाए नारा (भिडियो)

प्रहरी हाम्रो साथी हो दमन गर्न पाईदैन, बीरगञ्जमा सरकार विरोधी आन्दोलनकारीले लगाए नारा (भिडियो)

  • बिहिबार, जेष्ठ २९, २०७७
  • दिपक चौरसिया

  • 19.7K
    SHARES

पर्सा २९ जेठ । सरकारले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थित तरिकाले गर्न नसकेको भन्दै वीरगंजमा आज सङ्घीय सरकार विरुद्ध विरोध प्रदर्शन भएको छ ।

सरकारले गरिरहेको आरडीडी परीक्षणको औचित्य नदेखिएको, लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेको, ८० दिनसम्म लकडाउन हुँदा पनि तिब्र रुपमा कोरोना भाइरस परीक्षण गर्न नसकेको, लकडाउनका कारण मर्कामा परेका उद्योगी व्यवसायीलाई राहत दिनुको सट्टा कर तिर्न उर्दी गरेर आहात दिएको, कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागी भएको खर्चको विवरण पारदर्शी बनाउन माग गर्दै प्रदर्शन भएको हो ।

साँझ ५ बजे वीरगंजको घण्टाघर चोकमा विभिन्न संगठन र सामाजिक संस्थामा आबद्ध सयौंको संख्यामा उपस्थित युवाहरुश्रले हात हातमा विभिन्न नारा अंकित प्लेकार्ड बोकेर विरोध जनाएका थिए । प्लेकार्डमा लेखिएका नारासहित कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले खर्च गरेको दश अर्ब रुपैयाँको पारदर्शी विवरण सार्वजनिक गर्नुपर्ने ,स्वास्थ्य सामाग्री खरिद पारदर्शी हुनुपर्ने, आरडीटी रोकेर पीसीआर टेष्ट गर्नुपर्ने, कर तिर्ने ताकेता खारेज गर्नुपर्ने माग गरेका थिए ।

सरकारले कोरोना संक्रमण रोक्न चालेको कदम प्रभावकारी बन्न नसकेको भन्दै बिरोध प्रदर्शन गरीएको उनीहरूले बताएका छन । वीरगंजको घण्टाघर चोकमा विरोध कार्यक्रम आयोजना हुने प्रशासनले खबर पाएपछि बाक्लो मात्रमा प्रहरी परिचालन गरेको थियो ।

आज उनीहरुले प्रहरी हाम्रो साथी हो दमन गर्न पाईदैन भन्ने नारा समेत लगाएका थिए ।

युवाहरुलाई घण्टाघर जम्म हुन नदिएपछि उनीहरु आदर्शनगर चोक पुगेर प्रदर्शन गर्दै महाविर चोकमा पुग्दा प्रहरीको अवरोध भएपछि प्रदर्शनकारीहरु सडकमै बसेर केही बेर विरोधका नारा लगाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ