१ सय ८७ जना कोरोना संक्रमित निको भएर घर फर्किए, कुल संख्या ८ सय ६१ पुग्यो

१ सय ८७ जना कोरोना संक्रमित निको भएर घर फर्किए, कुल संख्या ८ सय ६१ पुग्यो

  • बिहिबार, जेष्ठ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

काठमाडौँ, २९ जेठ । नेपालमा अहिलेसम्म संख्या ८ सय ६१ जना कोारेना संक्रमित निको भएर घर फर्किएका छन् ।

नेपालमा कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घन्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । निको हुनेमा ८ महिला र १ सय ७९ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७५ हजार १४३ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख १५ हजार ९३० परीक्षणहरु गरिएका छन् । हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख ६२ हजार १३ जना रहेका छन् ।

त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ३ हजार ७३८ जना रहेका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक, कैलालीका एक, डोल्पाका एक, स्याङ्जाका एक र चितवनका एक गरी १५ जनाको मृत्यु भएको छ ।

  • फाइल तस्विर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ