लकडाउन केही खुकुलो हुनेः बजार खोलेर जोर बिजोर प्रणालीमा गाडी चल्न दिने मन्त्रीपरिषद्को निर्णय

लकडाउन केही खुकुलो हुनेः बजार खोलेर जोर बिजोर प्रणालीमा गाडी चल्न दिने मन्त्रीपरिषद्को निर्णय

  • बुधबार, जेष्ठ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

जेष्ठ २८ काठमाण्डौं । नेपालमा कोरोना रोकथाम र नियन्त्रणको प्रयास स्वरुप गत चैत्र ११ गतेदेखि जारी लकडाउन खुकुलो बनाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । आज साझँ बसेको निर्णय अनुसार सरकारले बजार खोल्ने र जोरबिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको हो ।

लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोनाको अवस्था सामान्य भएका ठाउँमा जोरबिजोर प्रणालीमा गाडी चल्न दिने निर्णयसमेत गरेको एक मन्त्रीले जानकारी दिए।

त्यसैगरी सुरक्षाका मापदण्ड अपनाएर पसल खोल्न दिने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको ती मन्त्रीले बताए ।

लकडाउनलाई लम्ब्याउन उच्च स्तरीय समितिले सिफारिस गरे अनुसार सरकारले अन्तिम पटक पटक गरेर जेठ ३२ गतेसम्म लकडाउनको समय थप गरेको थियो ।
लकडाउन लम्बिदै जाजा आम जनजीवन कष्टकर बन्न थाले पछि यस्तो निर्णय भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ