जेष्ठ २८ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमण बढीरहेको छ । यस क्रममा देशका विभिन्न २१ वटा प्रयोगशालामा गरिएको परीक्षण अनुसार संक्रमित मध्य २ सय ५७ जना पुरुष र २२ जना महिला रहेका छन् । यो सगँै देशभर संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार २७९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको हो ।
आज मोरगं, उदयपुर, डडेलधुरा, सर्लाही, रौतहट, कपिलबस्तु लगायतका जिल्लामा आज संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना जित्नेको संख्या भने ६ सय ७४ पुगेको छ । बुधबार ९० जना डिस्चार्ज भएका हुन् ।
यस मध्य १५ जनाको मृत्यु भएको छ । अहिलेसम्म पीसीआर विधिबाट एक लाख १० हजार सात सय ४४ जनाको नमुना परीक्षण गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline