जेष्ठ २८ काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामाग्री लगायतमा अनियमितता र भ्रष्टाचार भएको प्रश्न उठिरहेका बेला अहिले हिसाबको चिन्ता नगरौं, कोरोनाको चिन्ता गरौं भन्दै अनियमितता भएको पाईए कार्बाही गर्ने बताएका छन् । ससदमा आज सवोधन गर्दै उनले कहीँकतै अनियमितता भएकै हुँदैन भनेर दाबी गर्दिन तर भएको छ भने भने कार्बाही हुने दोहोर्याए ।
यस्तो महामारीका बेला पनि अनियमितता , भ्रष्टाचार काँही भएको छ भने त्यसलाई छानविन गरेर कार्बाही गर्ने र कठघरामा उभ्याउने प्रधानमन्त्रीले बताए ।
सासदहरुले प्रधानमन्त्री आफैले भ्रष्टाचारीको सरक्षण गरेको , दश अर्बको हिशाब खोई भन्दै जवाफ मागेका थिए ।
केही सांसदहरूले जे कुरामा पनि अनियमितता भएको आरोप लगाउने गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि पनि जनाएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline