काठमाडौँ जेष्ठ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सासम्बन्धी संविधान संशोधनका विषयमा संघीय संसद् प्रतिनिधिसभामा राजनीतिक दलहरूबीच असाधारण राष्ट्रिय एकता देखा परेको पुर्खाले लडेर बचाएको भौगोलिक अखण्डता अहिले अडिदा मात्रै पनि स्थापित हुने बताएका छन् संसदको बबैठकमा सम्बोधन गर्दै उनले संविधान संशोधन विधेयक सर्वसम्मतिले अगाडि बढाएर संसद्ले नेपाली राजनीतिक दलहरू जनताको भावनाअनुसार चलेको र असाधारण एकता देखिएको बताए ।
“आजका हाम्रा अगाडि रहेका विभिन्न चुनौतीहरूको सामना गर्न राष्ट्रियताको सवालमा कोरोनाको सवालमा र यसले उत्पन्न गरेका विभिन्न जटिलता र अप्ठेराहरूको समाना गर्न तयार छौं भन्ने देखिएको छ ।” प्रधानमन्त्रीले भने ।
भौगोलिक अखण्डता कायम गर्नका लागि सबै राजनीतिक दल जनताको भावनाअनुसार अगाडि बढ्नुपर्ने आवश्यकता रहेकोमा प्रधानमन्त्रीले जोड दिए ।
नेपालको राष्ट्रियताको बारेमा संसद्बाहिर पनि बौद्धिक क्षेत्र, नागरिक समाज, सामाजिक जीवनका सबै क्षेत्र र संघसंस्थाहरूमा पनि राष्ट्रिय एकता देखा परेको उनको भनाइ थियो ।
“हाम्रा पुर्खाले यो देश लडेर बनाएका हुन्, बचाएका हुन् । आज हामी अडे मात्रै हाम्रो भौगोलिक अखण्डता स्थापना गर्न सक्छौं । आज अड्ने कुरामा एकता देखिएको छ । संसदले जनताको भावना मुखरित र प्रतिबिम्बित गरेको छ । ”
“ यो नेपाली भावना हो । सबैले बेलाबेला उठाएका छौं । जनताले र विज्ञले आफ्नै हिसाबले खोज अनुसन्धान गरेका छन् । तथ्यहरू खोजेका छन् । स्थापित गरेका छन्,ु उनले भने, ुयसमा हामीले कसैले जस पाउला कि भन्ने चिन्ता गर्नु पर्दैन, कोही जसबाट छुट्ला कि भन्ने चिन्ता लिन पनि पर्दैन । यो संसद्को सामूहिक प्रयत्न हो । ” ओलीले भने ।