जेष्ठ २८ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना माहामारी एक्कासी आएकाले तयारी बिस्तारै गर्दा समस्या भएको तर अहिले राम्रो काम भईरहेको बताएका छन् ।
संसदको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका करीब तीस लाख मान्छे र भारतमा रहेका करीब १० लाख मान्छेलाई एकै पटक ल्याउन र व्यवस्थापन गर्न कठिन हुने भन्दै क्रमश गरिने बताए ।
ती सबै युवालाई एकै पटक रोजगारी दिन कुरा सोचे जस्तो सजिलो नभए पनि कृषिको आधुनिकिरण, भूमि बैंकको स्थापना, मझौला तथा रुग्ण उद्योगको सञ्चालन गर्ने योजना बनाएको बताए ।
अब बिदेश जाने कम र फर्कने बढी युवाहरु भएकाले सबैलाई व्यवस्थापनमा एकै पटक काम गर्न कठिनाई भईरहेको बताए । उनले युवाहरुको भावना आफूले बुझेको र असहजतालाई आफूले बुझेर समस्या समाधान गर्न प्रयासरत रहेको बताए ।
यसै गरी प्रधानमन्त्री ओलीले महामारी सरकारको मात्रै बिषय नभएर समाजको , सबै दलको साझा बिषय भएकोले साझा प्रयास भईरहेको बताए ।
उनले आरडीटी परीक्षणमाथि प्रश्न उठीरहेका बेला यस बिषयमा आफूले भन्ने हैन भनेका छन् । यो बिषय प्राविधिकले भन्ने हो मैले भन्ने हैन, प्रधानमन्त्रील भने ।
उनले दैनिक ४५ सय देखि ५ हजार सम्म दैनिक पिसिआर परीक्षण गर्ने क्षमता रहेका बेला नेपाल आउने नागरिकको संख्या ठूलो भएकाले परिक्षणमा समस्या भएको बताए ।
प्रधानमन्त्रीको संवोधन अहिले जारी छ ।