काठमाडौं जेष्ठ २८ । ससदमा आज प्रधानमन्त्रीले सवोधन गर्दै छन् । बिहान ११ बजे पछि बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सासदहरुले कोरोना नियन्त्रण, १० अर्ब खर्च भएको लगायतका बिषयमा उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत विनियोजन भएका कार्यक्रमका बारेमा जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले जवाफ दिएलगत्तै सांसदहरुबाट प्रस्तुत भएका खर्च कटौती प्रस्तावहरु निर्णयार्थ पेश हुने छन् ।
यस्तै आजै विनियोजन विधेयक २०७७ का दफाहरु निर्णयार्थ पेश गर्ने तथा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ ।
यसैगरी अर्थमन्त्री खतिवडाले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत ९चौबिसौँ संशोधन० विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ ।