महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले वडा अध्यक्षको घाटी समात्न खोज्दा च्यातियो गोजी !

महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले वडा अध्यक्षको घाटी समात्न खोज्दा च्यातियो गोजी !

  • मङ्लबार, जेष्ठ २७, २०७७
  • -डम्मर राज भट्ट

  • 14.2K
    SHARES

कञ्चनपुर, २७ जेठ । यतिबेला कोरोना कहरले कञ्चनपुर उच्च जोखिममा छ । ९ स्थानीय तह रहेको कञ्चनपुरमा ६ स्थानीय तहका ३२ जनामा संक्रमण देखिएको छ । जिल्लाका अन्य स्थानीय सरकार कोडिभ १९ रोकथाम तथा नियन्त्रण अभियानमा जुटिरहेका बेला कञ्चनपुरको महाकाली नगरपालिकामा भने जनप्रतिनिधीमाथि प्रमुख प्रशासकिय अधिकृतले कार्यपालिका बैठकमै घाँटी समात्न खोज्दा कमिजको खल्ती च्यातिदिएका छन् ।

मंगलबार महाकाली नगरपालिका नगर कार्यपालिकाको बैठक थियो । बैठकमा वडा नम्बर ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले उपभोक्ताबाट हुने काममा १० प्रतिशत रकम भुक्तानीको विषयलाई प्रस्ष्ट पारिदिन प्रमुख प्रशासकिय अधिकृत हरि भट्टसंग अनुरोध गरेका थिए । उनले दुई सातादेखि यो विषयमा प्रमुखसंग निरन्तर जिज्ञासा राख्दै आए, तर जवाफ पाएनन् ।

दुवैविच कार्यपालिका बैठकमा भनाभन र तानातान भएको बैठकमा सहभागि प्रत्यक्षदर्शीले बताएका छन । ‘बैठक चलिरहेको थियो, ‘स्रोतले भन्यो, वडाध्यक्ष ज्यू र हाकिमसाप विच योजनाको रकम काट्ने नकाट्ने विषयमा मुखामुख भयो, वडाध्यक्ष ज्यू कार्यालय प्रमुख नजिकै पुग्दा प्रमुख प्रशासकिय अधिकृत भट्टले घाँटीमा समात्न खोज्दा उनको खल्तिच्यातिदिए ।’ बैठकभित्रै सहकर्मी उपस्थित बैठकमा कमिजको खल्ती च्यातिएपछि जनप्रतिनिधीलाई गिल्टी महसुस भएको स्रोतले बतायो । यतिमात्र नभई बैठकबाट आउट भन्दै जनप्रतिनिधीमाथि होच्याउने तरिकाले प्रमुखले दिएको अभिव्यक्तिको विषयमा जनप्रतिनिधीले बिरोध जनाएका छन्। । बैठकबाट निष्कासन र निस्किन निर्देशन नगर वा उप प्रमुखले दिनुपर्ने भएपनि प्रमुख प्रशासकिय अधिकृतले यस्तो भनेपछि जनप्रतिनिधीले बिरोध जनाएका हुन् । प्रमुख प्रशासकिय अधिकृत हरि भट्टले बैठकमा समान्य विवाद भएको बताए ।

उनले उपाभोक्ता मार्फत हुने कामको १० प्रतिशत श्रमदानको रकम पनि वडाध्यक्षले मागेपछि उक्त रकम भुक्तानी गर्न नमिल्ने बताउने क्रममा विवाद भएको बताए । वडाध्यक्ष क्षेत्री आफ्नो ठाँउबाट उठेर मेयर बीर ब। सुनारको अगाडी रहेको टि टेबुल उठाएर कुट्न खोजेको उनले बताए । ‘वडाध्यक्ष आफै उठेर म कहाँ आए, ‘उनले भने, ‘मैले घाँटी समातेर खल्ती च्यातेको छैन् ।’ आफुले वडाध्यक्षलाई छु दै नछुएको दावि गरे । नभएको कुरा लगाएर कर्मचारीको बदनाम गर्न नहुने उनको तर्फ थियो । जति काम भयो, त्यति नै भुक्तानी हुने बताउदै प्रमुख प्रशासकिय अधिकृत भट्टले जनश्रमदानको रकम भुक्तानी दिन नमिल्ने बताए । वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले कार्यपालिका बैठकमै आफ्नो घाटी समातेर हातपात गरेको बताए ।

‘उपभोक्ता मार्फत संचालन हुने योजनाको कार्यालय प्रमुखले श्रमदानको रकम घटाएर भुक्तानी गर्ने भनेपछि मैले दुई सातादेखि उहाँसंग जिज्ञासा राखेको थिए, ‘उनले भने, ‘बसेको स्थानबाट ममाथि खनिन आएहाले, खल्ती च्यातिदिए, मलाई बैठकबाट बाहिर जाउँ भन्यो ।’ आफुमाथि हात छाड्ने कुन मनसाय र कारण भएको भन्दै उनले अनविज्ञता प्रकट गरे । आफु जनप्रतिनिधी भएकाले सहनशिलता देखाएको उनले बताए । यस अघिका कार्यालय प्रमुखले स्टमेट गरेको कुल बजेट भन्दा १० प्रतिशत काटेर भुक्तानी नगरेको बताउदै उनले सो रकम काटेपछि जिज्ञासा राख्दैमा हातपात गरेको बताए ।

अहिले वडाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत विच विवाद चलेको छ । कतिपयले असार मसान्त नजिकिदै जाँदा विवादको विषय त्यतातिर जोडेका छन् । महाकाली नगर उप प्रमुख चिनी गिरीले बैठकमा समान्य विवाद भएको बताउदै आपसी विवाद समाधान गरिने बताए । घटनाको जनप्रतिनिधीले दुख व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ