जेष्ठ २७ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम जारी छ । आज ३ सय २३ जना संक्रमित थपिएका छन् । यो सगैँ संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार संक्रमित हुनेमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३ जना, इलामका १ जना, सुनसरीका १ जना, सप्तरीका ७ जना, चितवनका २४ जना, नवलपुरका १५ जना, धादिङका १ जना, कपिलवस्तुका १० जना, म्याग्दीका १ जना, बागलुङ ११ जना र धनुषाका ४५ जना रहेका छन् ।
त्यसैगरी महोत्तरीका ५० जना, सर्लाहीका १ जना, दाङका ६ जना, बाँकेका ९ जना, जुम्लाका २ जना, सल्यानका १२ जना, सुर्खेतका ४ जना, दार्चुलाका १० जना, कन्चनपुरका १९ जना, डडेलधुराका ७ जना, कैलालीका १ जना, रुपन्देहीका २० जना, नुवाकोटका २ जना, रौटहटका २१ जना, सर्लाही १६ जना र सिरहाका १२ जनामा संक्रमण देखिएको छ ।
इलाम जिल्लामा पहिलो पटक संक्रमण देखिएको हो । अब नेपालमा ५ जिल्लामा मात्र कोरोना संक्रमण पुग्न बाँकी रहेको छ ।
देशमा कोरोनाबाट अहिले सम्म १५ जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढी निको भएका छन् ।