जेष्ठ २७ काठमाण्डौं । प्रतिपक्षी नेपाली कांग्रेसका सासद गगन थापाले सरकारले पर्यात्प समय हुदाँ हुदै पनि प्रभावकारी काम नगरेका कारण कोरोनाको संक्रमण र मृत्यु बढेको भन्दै दश अर्बको हिशाब सुनाएपछि त्यो कहाँ खर्च भएको हो ? भन्दै हिशाब माग गरेका छन् ।
उनले प्रधानमन्त्रीले सदनमा जवाफ दिनु पर्ने पनि बताएका छन् ।
आज संसदको बैठकमा बोल्दै थापाले ‘दश अर्ब कहाँ खर्च भयो ? हामीलाई जवाफ चाहिन्छ। पाँच पिसिआर मेशीन किन्ने, २५ हजार किट किनेर दश अर्बको हिसाबकिताब देखाउनु पर्दैन ? एक एक हिसाब चाहिन्छ,’ उनले भने, ‘सरकारलाई अब सुतेर बस्न दिँदैनौं।’
कोरोनाबाट मात्र नभई भोकबाट, झुण्डिएर, अस्पताल जान नपाएर सुत्केरीको, क्वारेन्टाइनमै र आत्मदाहबाट मृत्यु हुनेको जिम्मा कसले लिन्छ ? थापाले प्रश्न गरे ।
‘भोकबाट मारिएका सूर्यबहादुर तामाङ, झुण्डिएर मरेका चन्द्रबहादुर परियार, सुत्केरी हुन नसकेर मरेकी लालकुमारी रोकायलगायतको जिम्मा कसले लिन्छ ? ’ थापाले प्रश्न गरे ।