कोरोना लकडाउन, जागिर र पैसाको चिन्ताले मान्छे कम निदाउन थालेः अध्ययन

कोरोना लकडाउन, जागिर र पैसाको चिन्ताले मान्छे कम निदाउन थालेः अध्ययन

  • मङ्लबार, जेष्ठ २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 45.3K
    SHARES

एजेन्सी जेष्ठ २७ । कोरोना माहामारीका कारण लकडाउन, रोजगारी गुम्नु, पैसाको अभाव हुनु आदि कारणले फुर्सदिलो समयमा समेत मान्छेमा निन्द्रा कम लाग्ने गरेको पाईएको छ । धेरै सुत्न चाहने मान्छेमा पनि अहिले निन्द्रा कम हुन थालेको एक अध्ययनले देखाएको हो ।

लकडाउनले काम नभएर घरमा आराम महसुस गर्नु पर्ने मान्छेहरुले बेचैनी महसुस गरीरहेको पाईएको छ ।
बेलायतको किंग्स कलेज लण्डनमा भएको २२ देखि २४ मे सम्मको अध्ययनमा यस्तो निष्कर्ष निकालिएको छ । अध्ययनमा सामेल ३८ प्रतिशत मान्छेले खराब सपना समेत देख्ने गरेको बताएका छन् । केही मान्छेले लकडाउनमा धेरै सुते पनि धेरै थकान महसुस गरेको औल्याएका छन् । २२ सय ५४ जनामा गरिएको सर्बेक्षण अनुसार हरेक १० जनामा ६ जना मानिसलाई निदाउन गाह्रो पर्ने जस्ता समस्या देखिएको पाईएको छ ।

किंग्स कलेज लण्डनका पोलिसी इन्सटीच्युट का बबीले लकडाउनका कारण दुई तिहाई मानिसमा रोजगारी गुम्ने, आर्थिक संकट जस्ता कुराले सताईरहेको उल्लेख गरेका छन् ।
अरु समयको तुलनामा लकडाउका अबधिमा मानिसहरु १५ मिनट बढी सुत्ने गरेको पाईएको छ । तर फ्रान्समा भने मानिसहरु त्यो भन्दा अलि बढी सुत्ने गरेको पनि अध्ययनले देखाएको छ ।

लकडाउनमा बियरेबल डिभाईसको मद्धतबाट सुत्ने अवधिको मापन गरिएको थियो ।
अध्ययनको निष्कर्ष अनुसार लकडाउन अन्त्य भए पछि पनि लामो समय यसको असर मानिसमा हुने छ । तत्कालै मान्छे पूर्ववत अवस्थामा फर्कन मुस्किल पर्ने छ । मानिसहरु डरसगैँ जिउन बाध्य हुने औल्याईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी