सुनसरी, २७ जेठ । झापाका २८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनीहरूलाइ मंगलबार डिस्चार्ज गरिएकाे हाे ।
डिस्चार्ज भएकाहरु १८ देखि ५६ वर्षका उमेर समूहका रहेका छन् । स्वास्थ्य प्रोटोकलअनुसार उनीहरुको दुई पटकसम्म पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएकाले घर पठाइएकाे प्रतिष्ठानका प्रवक्ता प्रा. डा. निदेश सापकोटाले जानकारी दिए ।
उनीहरू भारतबाट फर्किएपछि दुई साताअघि कोरोना पुष्टि भएकाे थियाे । प्रवक्ता सापकोटाका अनुसार अब प्रतिष्ठानको आइसोलेसनमा ५५ जना उपचाररत छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था समान्य रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको आइसोलेसनमा हालसम्म १ सय ८४ जना राखिएकोमा मंगलबार डिस्चार्ज गरिएकासहित ९९ जना निको भएर घर फर्केको प्रवक्ता सापकोटाले बताए ।