रुपन्देही जेष्ठ २७ । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउँमा झपेन्द्र सिंह सिजालीले गाई फर्ममा एक दम्पत्ति र अन्य तीन जनालाई कोदालोले हानेर विभत्स हत्या गरेको स्वीकार गरेका छन् ।
तिलोत्तमाका मेयर बासुदेव घिमिरेका अनुसार सिंजालीले तीन जनालाई सुतेकै ठाँउमा हानेर मारेका थिए भने अन्य दुई जनालाई बाहिर लगेर मारेका थिए । सबै जनालाई कोदालेले घाटीँमा हानेको प्रारम्भिक अनुमान गरिएको छ । सिंजालीलाई प्रहरीले पक्राउ गरीसकेको छ । सिंजाली ३२ बर्षका छन् ।
हत्या गरिएकाहरुमा माधव मुसहर, जानकी मुसहर, कोषराज मुसहर, करन चौधरी र आशिष चौधरी रहेका छन् ।
मृतकको सनाखत गरेर प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline