रुपन्देहीमा एक युवाले गरे पाच जनाको सामुहिक हत्या

रुपन्देहीमा एक युवाले गरे पाच जनाको सामुहिक हत्या

  • मङ्लबार, जेष्ठ २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 29.2K
    SHARES

रुपन्देही जेष्ठ २७ । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउँमा एक व्यक्तिले आफ्नै ५ जना साथीको हत्या गरेका छन् । घटनास्थलमै चार जनाको हत्या भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिलाेत्तमा नगरपालिका वडा नं १० कान्छिबजारका कृष्ण पुनकाे गाई फर्ममा काम गर्ने ६ जनामध्ये ५ जनालाई हत्या गरि अर्का १ जना फरार रहेकाे बताईएको छ ।

मृतककाे नाम खुलेको छैन प्रहरी घटस्थलमा भर्खर पुगेकाे छ । फरार हुने साेहि फर्ममा काम गर्ने झपेन्द्र सिन्जाली हुन् ।

मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् । मैनहवास्थित गाउँमा सोमबार राति एक युवकले आफ्नै साथीहरुको हत्या गरेका हुन् ।

मंगलापुर प्रहरी चौकी इन्चार्ज थापाले प्रहरी टोली घटनास्थलमा पुगिसकेको जानकारी दिए ।

किन र कसरी हत्या गरे भन्ने खुल्न सकेको छैन । आफूलाई घटनाको ढिलो जानकारी आएको भन्दै त्यस तर्फ जान लागको मेयर बासुदेव घिमिरेले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ