कोरोना नियन्त्रणमा सरकार असफल भयोः कांग्रेस, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय

कोरोना नियन्त्रणमा सरकार असफल भयोः कांग्रेस, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय

  • मङ्लबार, जेष्ठ २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

जेष्ठ २६, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । पर्याप्त स्वास्थ्य सामाग्री आपूर्ति नगर्नु, आपूर्ति भएका सामाग्रीमा भ्रष्टाचार, व्यवस्थित क्वारेन्टिन नहुनु, परीक्षण किटको अभाव, आइसोलेसन सेन्टर र प्रयोगशालाको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउनेहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु लगायतले सरकारको असफलता उदांगो भएको काग्रेसको ठहर छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले सरकारले लकडाउन बाहेक केहि काम गर्न नसकेको भन्दै सरकारको गल्ती कमजोरी औल्याउँदै लिनुपर्ने पहलकदमीबारे सरकारको ध्यानआकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ ।

पार्टीका तर्फबाट बरिष्ठ नेता रामचन्द्र पौडेलको टोलीले ज्ञापन पत्र बुझाउने छ । बैठकले प्रत्येक जिल्लामा पार्टीका सभापतिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् ज्ञापन बुझाउने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।

साथै कांग्रेसले कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र सञ्चारकर्मी लगायत कोभिड–१९ विरुद्धको लडाईमा अग्रपक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउन पनि ध्यानाकर्षण गराएको छ ।

बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्ब रुपैयाँ र स्वास्थ्य क्षेत्रमा भएका अनियमतिाको बिषयमा संसदीय छानविन गठन गर्नुपर्ने मागसमेत कांग्रेसका केन्द्रीय सदस्यहरुले उठाएका थिए। मंगलबारदेखि संसदमा समेत यस बिषयलाई जोडदाररुपमा उठाउने तयारीमा कांग्रेस रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ