काठमाण्डौँ जेठ २६ । नेपाली कांग्रेसकी सांसद डाक्टर डिला संग्रौलाले वीगतमा बाँदर धपाउने काममा दुरुपयोग भएको प्रधानमन्त्री रोजगार कार्यक्रमले कोभिड १९ का कारण बेरोजगार बनेकालाई रोजगारी दिन सक्छ भन्दै अब ४० लाख युवालाई रोजगारीको अवसर दिनु पर्ने बताएकी छन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा मार्फत ८ लाखलाई रोजगारी दिने कुरा मन्त्रीले राखेको भन्दै डा. सग्रौलाले बाँदर धपाउने र खेतबारीको घास उखेल्ने काममा प्रयोग गरेर अनियमितता भएको टिप्पणी गरिन् ।
स्वदेशका बेरोजगारी र विदेशबाट फर्केका ४० लाख रोजगारलाई रोजगारी दिनुपर्ने डा. संग्रौलाले बताईन् ।
विगतमा शुरुवाती दिनमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बाँदर धपाउने घास काट्न काम गरेको नसुनिएको होइन्। त्यतिखेर पनि कतिपयले शौखले कोही बाँदर धपाउने गएको होला। व्यक्तिगत तहको कुरालाई राष्ट्रीय नीति बनाउन मिल्दैन, मन्त्री रायले विगतमा बाँदर धपाउने र घास काट्न काममा दुरुपयोग भएको आरोप लागेपनि त्यो पूर्ण सत्य नभएको दावी गरेका थिए ।