जेष्ठ २६ काठमाण्डौं । चीनमा कोरोना नियन्त्रणमा आएर लकडाउन खुलेको छ , न्युजील्याण्डले आजै कोरोना समाप्तको घोषणा गर्दै लकडाउन खोल्दै छ । फिजिले कोरोना मुक्त भएको घोषणा गरीसकेको छ ।
तर नेपालमा शुरुमा कमै देखिए पनि अहिले ब्यापक मात्रामा कोरोना संक्रमण बृद्धि भईरहेको छ । मृत्यु पनि बढीरहेको छ । अनुपातका हिशाबले निको हुनेको संख्या पनि कमै देखिन्छ । हाल सम्म देशमा ३७ सय ६२ संक्रमित पुगेका छन् । १४ जनाको मृत्यु भएको छ र ४ सय ८८ जना निको भएका छन् ।
आखिर नेपालामा कोरोना संक्रमण पछिल्लो समय ह्वात्तै बढ्नुको कारण के हो ? यस सन्दर्भमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चार वटा कारण औल्याएका छन् ।
उनले ट्वीटर ह्याण्डलमा दिएका चार कारणमा :
१. राजनीतिक नेतृत्वमा डनिंग(क्रुगर इफेक्ट(अरूभन्दा बढी क्षमतावान ठान्ने)
२.स्वास्थ्यसामाग्री भन्दा कार्पेट मोह
३.कोरोना नियन्त्रणभन्दा पार्टी फुटाउने अध्यादेश र सांसद अपहरणमा जोड
४.कोरोना नहुँदा सीमा बन्द कोरोना फैलदा खुला गर्ने उल्टो बुद्धि ।

अहिले निरन्तर कोरोना संक्रमण बढीरहेका बेला स्वास्थ्य सामाग्री खरीद भन्दा राष्ट्रपति कार्यलयको कार्पेट फेर्न र मन्त्रीहरुका लागि जिम खाना निर्माणमा करोडौ खर्च भईरहेको भन्दै आलोचना भएका बेला भट्टराईले यो टिप्पणी गरेका हुन् ।