जागिरबाट निकालिए पछि आफैले आगो लगाएका सिद्धार्थको अन्ततः जीवननै गुम्यो

जागिरबाट निकालिए पछि आफैले आगो लगाएका सिद्धार्थको अन्ततः जीवननै गुम्यो

  • सोमवार, जेष्ठ २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

जेष्ठ २६ अछाम । महामारीका बेला अस्पतालले जागिरबाट निकाले पछि रोजीरोटीकै पीडामा अस्पताल पुग्दा उल्टै हप्की दप्की र प्रहरीनै लगाएर निकालिए पछि आत्मदाहका लागि शरीरमा आगो लगाएका अछामका सिद्धार्थ आउजीको मृत्यु भएको छ ।
आज बिहान पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका बयालपाटा अस्पतालका कर्मचारी सिदार्थ आउजीको मृत्यु भएको छ । सोमबार बिहान अस्पतालको गेटमा गएर आफ्नो शरीरमा आगो लगाएपछि उनलाई भेरी अस्पताल नेपालगन्जमा हेलिकप्टर मार्फत पुर्याईएको थियो । अस्पताल पुर्‍याएको आधा घन्टामै उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

सिद्धार्थ बलयपाटा अस्पतालको शौचालय सरसफाई गर्ने गर्दथे ।

अस्पतालले आर्थिक संकट भएको भन्दै उनी लगायत ३२ कर्मचारीलाई अस्पतालबाट निकाल्ने सूचना करार सम्झौता सकिनु दुई महिनादेखि जानकारी गराएका थिए ।

दलित समुदायका सिद्धार्थको आर्थिक अवस्था कमजोर छ। बिनाकारण जागीरबाट हटाइएपछि परिवार कसरी पाल्ने भन्ने चिन्तामा थिए उनी। बुवा आमा नोकरीको सिलसिलामा भारतमा छन्। उनको एक ४ वर्षको छोरा, दश महिनाकी एक छोरी र श्रीमती छन्। उनले पटक पटक अस्पतालमा कामबाट हटाइए आत्महत्या गर्ने चेतावनी दिँदै आएका एक जना कर्मचारीले बताए। तर अस्पतालले बेवास्ता गर्दा यस्तो परिस्थिति आएको उनले बताए।

उनले जागिरबाट निकालिएर घर चलाउन नसकेको पीडामा आफैलाई जलाउदा अन्ततः जीवनै गुमाउन पुगेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ