नेपालमा आज एकै दिन ३ सय १४ जना संक्रमित थपिए,देशभर ३७ सय ६२ पुग्यो

नेपालमा आज एकै दिन ३ सय १४ जना संक्रमित थपिए,देशभर ३७ सय ६२ पुग्यो

  • सोमवार, जेष्ठ २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

जेष्ठ २६ काठमाण्डौं । देशभर निरन्तर कोरोना संक्रमित थपिरहने क्रम जारी छ । यस क्रममा आज थप ३ सय १४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जस मध्य २ सय ९४ पुरुष रहेका छन् भने अन्य महिला छन् ।

बिराटनगर, धरान, जनकपुर लगायत देशभर २१ वटा प्रयोगशालामा परीक्षण गर्दा ती संक्रमितहरु देखिएका हुन् । यो सगै कुल संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३१४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन् । आज देखिएका सङ्क्रमितसँगै जम्मा सङ्क्रमितको सङ्ख्या तीन हजार ७६२ जना रहेको छ ।

यसमा पुरुषको सङ्ख्या तीन हजार ५०६ र महिला २५६ रहेका छन् । यसैगरी आज २१ जना कोभिड–१९ सङ्क्रमणबाट निको भई घर फर्किएको सो अवसरमा जानकारी दिइयो । उनीहरुमध्ये बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २० जना र कोभिड–१९ युनिफाइड अस्पतालबाट एक जना डिस्चार्ज भएका छन् ।

क्यान्सर अस्पतालबाट डिस्चार्ज हुने सबै बाँके नरैनापुरका १३ वर्षदेखि ५२ वर्षका पुरुष १५आँै दिनदेखि २०औँ दिनमा भएका छन् । यस्तै युनिफाइड अस्पतालबाट एक जना २३ वर्षकी महिला ५ दिनमा डिस्चार्ज भएकी हुन् । यसरी आज डिस्चार्ज हुनेसँगै अहिलेसम्म ४८८ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ३ हजार ७६२ पुगेको जनाए । डा. गौतम मन्त्रालयका नवनियुत्तः प्रवक्ता हुन् । कोरोनाबाट १४ जनाको मृत्यु भएको छ भने आज सम्म ४ सय ८८ जना डिस्चार्ज भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ