सम्पूर्ण ऐतिहासिक तथ्य र प्रमाणहरु समेत पेश गरेर नेपालले नयाँ नक्सा जारी गरेर कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ताको दबाब बढाए पनि भारतले टेरीरहेको छैन ।
उसले नेपालले नक्सा जारी गरे पछि अझ रुखो प्रतिकृया दिदै आएका बेला नेपालले भारतलाई सुरक्षा परिषद्मा भारतको पक्षमा मतदान गर्ने तयारी गरेको छ ।
आगामी जुन १७ मा सयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भारतको पक्षमा उभिने नेपालले तयारी गरेको बिषयले थप प्रश्न जन्माएको छ ।
पाच अस्थायी सदस्य राष्ट्रमा एशिया प्रशान्त क्षेत्रबाट भारतले उम्मेद्धारी दिन लागेको छ ।
भारतले नेपालको भूभाग फिर्ता गर्ने, सिमा समस्या समाधानका लागि वार्ता गर्ने जस्ता बिषयमा बेवास्ता गर्दै कोरोना पछि छलफल गर्ने भनिरहेका बेला नेपालले भारतको पक्षमा उभिनुलाई कुटनीतिज्ञहरुले चासोका साथ लिएका छन् ।
चीनसगँ सैन्य तनाब बढे पछि तत्कालै बार्ता गरीरहेको भारतले नेपालको बिषयलाई कोरोना पछि भन्दै टार्नुलाई धेरैले नेपालको कमजोरी र भारतको हेपाहा प्रवृति दुबै कारणलाई औल्याउन थालेका छन् ।