जेष्ठ २६ दाङ । भारतमा मृत्यु भएका दाङका एक जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। घोराही उपमहानगरपालिका १८ अम्वापुरका ६० वर्षीय पुरूषको मृत्युपछि आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ ।
ती पुरुषको भारतको राजधानी दिल्लीमा चार दिन अघि मृत्यु भएको थियो ।
दमका रोगी रहेका ती व्यक्ती उपचारका लागि नयाँ दिल्ली गएका थिए । अन्तिम संस्कारका लागि उनलाई साथमै रहेका आफन्तहरूले आइतबार दाङ ल्याएपछि आशंका लागेर स्वाब परीक्षण गरिएको थियो ।
यस अघि अर्घाखाचीका अर्का एक व्यक्ति पनि भारतबाट नेपाल आउदा आउदै बाटोमै मृत्यु भए पछि कोरोना पुष्टी भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline