जनता समाजवादी पार्टी दल दर्ताका लागि कागजात बुझायो

जनता समाजवादी पार्टी दल दर्ताका लागि कागजात बुझायो

  • आइतवार, जेष्ठ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक कागजपत्र बुझाएको छ । सो पार्टीले दल दर्ताका लागि आज आयोगलाई निवेदनसहित दलको आवश्यक कागजात बुझाएको हो ।

जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको नेता केशव झाले जानकारी दिनुभयो । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुको घोषणा गरिएको छ । सो पार्टीको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहनुभएको छ । डा बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतोलाई वरिष्ठ नेताका रुपमा हुनुहुन्छ ।

दल दर्ताका लागि जनता समाजवादीका नेताहरु ठाकुर, यादव, डा भट्टराई, महतोलगायत शीर्षस्थ नेताहरु आज साँझ निर्वाचन आयोग पुग्नुभएको थियो । पार्टीका अन्य पदाधिकारी र सदस्यको थप छलफल गरी टुङ्गो लगाइने राजपाका नेता राजेन्द्रप्रसाद श्रष्ठले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ