बेलवा, लालपर्सास्थित भेडहा नदी नियन्त्रणको लागी विशेष बजेट छुट्याउन सांसद यादवको माग

बेलवा, लालपर्सास्थित भेडहा नदी नियन्त्रणको लागी विशेष बजेट छुट्याउन सांसद यादवको माग

  • आइतवार, जेष्ठ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

बिरगंज जेठ २५ । पर्सा क्षेत्र नं एक का सांसद प्रदीप यादवले भेडहा नदीको बाढिले प्रत्येक वर्ष वीरगंज महानगरपालिका अन्तर्गत पर्ने बेलवा, इसलामपुर, लालपर्सा, परसोतीपुर लगायतका गाउँसहित खेती योग्य जमिन नष्ट हुँदै जनधनको ठुलो क्षति हुने गरे पनि सरकारले नदी नियन्त्रणको लागि बजेट नपठाएको भन्दै बजेट व्यवस्था गर्न माग गरेका छन् ।

आज बिनियोजन बिधेयकमाथिको छलफलमा भाग लिदै यादवले गत वर्ष राष्ट्रिय सभाका अध्यक्षसहित विकास सभाका सभपति पनि बेलवा गाउँमा स्वम आफै पुगी निरिक्षण गरेर नदी नियन्त्रण गर्न आवश्यक बजेटको लागि ऊर्जा तथा सिचाई मन्त्रीलाई प्रतिवेदन दिए पनि मन्त्रीले त्यो प्रतिवेदन नै कता राखेर बजेट नदिएको भन्दै मन्त्री पुनलाई सांसद यादवले गम्भिर ध्यानाकर्षण गराएका हुन ।

ऊर्जा, सिचाई तथा जल स्रोत मन्त्रीले आफ्नो अधिकांश बजेट नेपाल कम्युुनिष्ट पार्टीबाट निर्वाचित जनप्रतिनीधीहरुको क्षेत्रमा मात्रै पठाउने गरेको समाजवादी पार्टीका प्रभावशाली युवा नेता समेत रहेका सांसद प्रदीप यादवको आरोप छ ।
मन्त्रलायको बार्षिक कार्यक्रम अन्गर्गत तत्कालिन माओवादी र नेकपाका निर्वाचित जनप्रतिनीहरु भएको पालिकामा मात्रै कार्याकर्तालाई पाल्ने गरि बढि बजेट पठाएको सांसद उनले आरोप लगाए ।
पर्सा जिल्लामा नेकपाबाट निर्वाचित दुई गाउँपालिकामा मात्रै डिप टयुबेल तथा पम्प सेट कार्यक्रम पठाएकोप्रति आपती जनाएउँदै उनले भने, ‘‘१४ वटा पालिका रहेको पर्सामा जम्मा दुई पालिकामा पठाए पनि जहाँ डिप टयुबुलको आवश्यकता छ त्यहाँ स्यालो टयुबेल पठाउनु भएको र जाहाँ स्यालोको आवश्यकता छ त्यहाँ डिप टयुबेल पठाएका छन् ।’’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ