भारतको मुरादाबाददेखि साईकलमै स्वदेश फर्किए रानाका दम्पत्ति !

भारतको मुरादाबाददेखि साईकलमै स्वदेश फर्किए रानाका दम्पत्ति !

  • आइतवार, जेष्ठ २५, २०७७
  • -डम्मर राज भट्ट

  • 10K
    SHARES

कञ्चनपुर, २५ जेठ। कोरोना रोकथामका लागि नेपाल भाारत दुवै देशमा तीन महिनादेखि लकडाउन लम्बियो । कञ्चनपुरको बेलौरी नगरपालिका ५ भकुण्डाका बीर बहादुर राना र उनकी धर्मपत्नी भारतको उत्तरप्रदेश मुरादाबादमा मजदुरी गर्दै आएका थिए । हिउँदे खेती सकेर कामका लागि भारत पसेक बीरका दम्पत्ती नेपाल–भारत दुवै देशमा लकडाउन भएपछि उत्तै अडकिएका थिए ।
आज खुल्ला, भोली खुल्ला आसैआसमा उनीहरु लकडाउनका कारण मुरादाबादमै फसे ।

लकडाउनमै मजदुरी गरेर दुवै श्रीमान श्रीमतीले सेकेण्डह्यण्ड साईकल किने । मुरदाबाददेखि महेन्द्रनगरको १ सय ९५ किलोमिटर दुरी छ । सवारी साधनबाट साढे पाँच घण्टामै पुगिन्छ । उनीहरु १६ घण्टा साईकल चढेर नेपाल पुगेका थिए । उत्तैबाट सात्तुसामल बोकेर आएका राना दाम्पत्ती सुरक्षित तरिकाले नेपाल पुगे ।

बसमा यात्रा गर्दा साढे चार घण्टामा पुगिन्छ । तर भारतको राजधानी दिल्ली, बङ्लोर लगायतका ठुल ठुला शहरबाट बस बुकिङ्ग गरेर सिधै बनबासा नाका भएर नेपाल प्रवेस गरे । तर उनीहरुलाई त्यहाँबाट नेपाल पुग्न कि पैदल कि साईकल खरिद गरेर आउन दुवै मात्रै विकल्प भए ।

बस जिपकार बुकिङ्ग गर्नका लागि २० हजार भाँरुदेखि बढि भन्न थालेपछि दुवै जना साईकलमै नेपाल आएका हुन् । आइतबार बनबासा नाका भएर गड्डाचौकी साईकलमै पुगेका बीर रानाले आर्थिक अभाव र अन्यन्त्रबाट आउने बसमा कोरोनाको डरले नआएको बताए ।‘हामी मजदुरहरू हजारौँ रुपैया तिरेर जिप बुकिङ्ग गर्ने क्षमता भएन, ‘उनले भने, ‘अन्यत्रबाट आउने बसमा कोरोनाको डरले आएन् ।’ कोरोनाबाट बाँच्नका लागि सुरक्षित यात्रा गरेको उनले बताए । गाउँमा पुगेपछि क्वारेन्टाईनमै बस्ने उनले बाचा गरेका छन् ।

लकडाउन लम्बिएसंगै भारतमा अलपत्र परेका नेपालीलाई सहजै नेपाल प्रवेस गराउनका लागि १२ जेठदेखि पश्चिमी गड्डाचौकी नाकाबाट प्रवेसक लगि अनुमति लिईएको थियो । साईकलमा नेपाल पुगेका राना आएकै दिन गड्डाचौकी नाकाबाट ५ सय १५ जना नेपालीले प्रवेस गरेका छन् । दैनिक सयौको संख्यामा नेपाल प्रवेस गर्ने क्रम जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ