एजेन्सी जेष्ठ २५ । दशकौ लामो सीमा विवादलाई लिएर भारसगँ तनाब बढीरहेका बेला चीनले एकातिर बार्ता र अर्कोतिर युद्धको तयारी एक साथ अघि बढाएको छ । ब्रिगेडियर स्तरका दुबै देशका सैन्य अधिकारीहरुका बीच लद्धाखको बिषयमा शनिबार वर्ता भएको थियो । बार्ता शुरु भएका बेला चीनीया जनमुक्ति सेनाले बिशाल सैन्य अभ्यासको अर्को चरण शुरु गरेको ग्लोबल टाईम्सले खबर लेखेको छ ।
हुवेई प्रान्तको उत्तरपूर्वी उच्च हिमाली क्षेत्रमा हजारौ स्थल सेना, युद्ध प्रयोजनका गाडीहरु र एयरफोर्सले समेत भाग लिएको छ ।
सैन्य अभ्यासको यो द्रुत कार्यले चीनको बोर्डरमा जुनसुकै बेला केन्द्रत हुने र अप्रेसन गर्न सक्ने सबै प्रकृया सामेल भएको र यसले क्षमताको मापन गरेको विज्ञहरुले बताएका छन् ।
यस अभ्यासमा सामाग्री ओसार पसार र जनशक्ति ओसार्न सिभिल एयरलाईन्स र रेललाई समेत प्रयोग गरिएको सिसिटिभीले जनाएको छ ।
केही दिन अघि मात्रै जनमुक्ति सेनाले ४७ सय मिटर अग्लो पहाडमा रात्रीकालीन अभ्यास गरेको थियो ।
लद्धाखमा अहिले ठूलो मात्रामा ड्रोन, सेना, हतियार र भेईकल्सहरु जम्मा पारीरहेको जनमुक्ति सेनाको स्रोतलाई उद्धृत गर्दै ग्लोबल टाईम्सले लेखेको छ । यता भारतले पनि सीमानामा जनशक्ति र हतियार केन्द्रीत गरीरहेको छ । बार्ता भए लगत्तै यो सेन्य अभ्यास हुनुलाई अर्थपूर्ण मानिएको छ ।
जनमुक्ति सेनाका कर्णेल माओ लेईले यो अभ्यासबाट द्रुत गतिमा सेनाको ओसार पसार, अग्ला स्थानमा युद्ध गर्ने क्षमताको बिकासमा सहयोग पुगेको प्रतिकृया दिएका छन् ।
ग्लोबल टाईम्ससगँ कुरा गर्दै एक जना चीनीया सैन्य पूर्व अधिकारीले छोटो समयमा बिशाल सैन्य अभ्यास गर्न सक्नुले चीनीया जनमुक्ति सेनाले सम्पूर्ण चीन भित्र जतिखेर पनि र जुनसुकै समयमा पनि शक्ति केन्द्रीत गरेर आफ्नो मिसन पुरा गर्ने संकेत दिएको बताए । प्रतिकुल मौसम र हिमस्खलन एवं पहिरो गईरहने जस्ता क्षेत्रमा समेत कसरी लड्ने भनेर जनमुक्ति सेनाले अभ्यास गरेको बताईएको छ ।
लद्धाख सहित सीमा क्षेत्रमा सन् १९६२ मा चीन र भारतबीच युद्ध भए पछि पहिलो पटक उच्च स्तरको तनावमा दुबै देश पुगेका छन् । भारतले चीनको अक्साई समेत आफ्नो दाबी गर्दै आएको छ भने चीनले त्यसको विरोध गर्दै आएको छ । ५६ बर्ष अघि भएको त्यस युद्दमा भारत पराजीत भएको थियो ।
चनि विश्वमा सबै भन्दा ठूलो सेन्य शक्ति भएको देश हो । चीनसगँ २१ लाख ५० हजार जनमुक्ति सेना छ भने भारतसगँ १४ लाख बढी सेना रहेको छ ।