जेष्ठ २५ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ । यसै क्रममा आज २ सय १३ जना थपिएका छन् ।
जस मध्य २ सय ९ जना पुरुष र ४ जना महिला रहेको स्वाथ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । झापा, मोरगं, सुनसरी, रौतहट, धादिगं लगायतका जिल्लामा संक्रमित देखिएका हुन् ।
कोरोनाबाट कुल संक्रमितको संख्या ३४ सय ४८ पुगेको छ । यसै गरी निको हुनेको संख्या ४ सय ६७ पुगेको छ भने मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
संक्रमित हुनेमा झापाका २ जना, सुनसरीका २ जना, मोरङका ३ जना, धादिङका १ जना, रौटहटका १ जना, धनुषाका १ जना, सिरहाका २ जना, कालिकोटका ३ जना, दाङका २ जना, प्युठानका १ जना, रोल्पाका १ जना, कपिलवस्तुका १ जना, दैलेखका ३ जना, सल्यानका २८ जना, सुर्खेतका २० जना, सर्लाहीका ५७ जना, कपिलवस्तुका ९ जना, महोत्तरीका ५ जना, सर्लाहीका १८ जना, सिन्धुपाल्चोकका १ जना र उदयपुरका ३ जना रहेका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ७० हजार ७३२ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या २ हजार ९६८ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४६७ रहेको छ ।
मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ९६ हजार २०५ परीक्षणहरु गरिएका छन् ।