एजेन्सी जेष्ठ २५ । अमेरीकामा मे २५ मा जर्ज फ्लेईड नामका एक जना काला मानिसलाई प्रहरीले विभत्स हत्या गरेको दृष्य भाईरल बनेसगैँ शुरु भएको आन्दोलनको आगोले बेलायतका शहरहरुलाई पनि पोलेको छ । दशौं हजारको संख्यामा अमेरीकी दुतावास बाहिर र कहिले विभिन्न शहरमा बेलायतमा समेत प्रदर्शन चर्किएको छ । त्यसो त प्रान्स र ग्रिसमा पनि आन्दोलन चविलरहेको छ ।
तर शुक्रबार बेलायतमा एउटा भयानक दृष्य अहिले भाईरल बनिरहेको छ । डेलीमेलका अनुसार संसद भनव परिसरमा हजारौ प्रदर्शनकारी जम्मा भए पछि उनीहरुलाई तितरवितर पार्न ब्यापक प्रहरी परिचालन गरिएको थियो । जसमा घोडामा पनि प्रहरी अफिसरहरु परिचालित भएका थिए । तर प्रदर्शनकारीसगँ झडप हुन थाले पछि घोडाहरु पनि तीव्र रुपले दौडाईएको देखिन्छ भीडमा । यसै बेला एक महिला प्रहरी अधिकृत चढेको खैरो रंगको घोडाबाट ती महिला अफिसर खसेर गंभीर घाईते भएकी छन् । अहिले उनको अस्पतालमा उपचार भईरहेको छ । उनी सहित अन्य १० जना प्रहरी अधिकारीहरु घाईते भएको डेली मेलले उल्लेख गरेको छ ।
त्यस घोडाको नजिक बिष्फोट भए पछि यो दुर्घटना भएको बताईएको छ ।
भिडियो हेर्नुस् :



